दफा
लक्षित घर परिवार पहिचान प्रक्रिया
(१) नियम ४ बमोजिमको सर्वेक्षण ८ फाराम बमोजिम स्थानीय तहले सम्बन्धित वडा कार्यालय मार्फत आफ्नो क्षेत्रका घरधुरीको सर्वेक्षण गरी विवरण सङ्कलन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम सङ्कलन गरेको विवरणलाई सम्बन्धित वडा कार्यालयले आवश्यक जाँच तथा प्रशोधन गरी लक्षित घर परिवारमा पर्ने घर परिवारको सूची सहितको विवरण तयार गरी स्थानीय तहको कार्यपालिकामा सिफारिस गरी पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम प्राप्त सिफारिसका सम्बन्धमा सम्बन्धित स्थानीय तहको कार्यपालिकाले जाँचबुझ गर्नु पर्ने देखिएमा सो समेत गरी आफ्नो स्थानीय तहमा लक्षित घर परिवारको वडागत एकीकृत सूची तयार/गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम तयार गरिएको सूचीमा पर्नु पर्ने घर परिवार त्यस्तो सूचीमा नपरेको वा सूचीमा पर्नु नपर्ने घर परिवार सो सूचीमा परेको भएमा दाबी विरोध गर्नका लागि कम्तीमा तिस दिनको अवधि दिई स्थानीय तहले सार्वजनिक रुपमा सूचना प्रकाशन गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिम प्रकाशित सूचनामा कसैको दाबी विरोध पर्न आएमा स्थानीय तहले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी सूचीमा संशोधन गर्नु पर्ने भएमा संशोधन समेत गरी अन्तिम सूची प्रकाशन गर्नु पर्नेछ।
(६) उपनियम. (५) बमोजिम अन्तिम सूची प्रकाशन गर्दा कुनै घर परिवार लक्षित घर परिवारको सूचीमा पर्ने वा नपर्ने भन्ने द्विविधा भएमा स्थानीय तहले त्यस्तो घर परिवारको सम्बन्धमा आवश्यकता अनुसार स्थलगत अनुगमन वा जाँचबुझ/गरी आवश्यक निर्णय गर्न सक्नेछ ।